Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथा संवाद

'जलवायु परिवर्तनले हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ'

'जलवायु परिवर्तनले हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ'

images
  • 'जलवायु परिवर्तनले हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ'
    images

    काठमाडौं । विज्ञहरूले विकासशील तथा साना गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रक्रिया सहज बनाउनुपर्ने बताएका छन्। सगरमाथा संवादमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गर्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।

    images
    images
    images

    छलफलका प्रमुख वक्ता हानी नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए। उनले प्रभावित देश र नागरिक समाजको सक्रियताले मात्र दिगोपनाको सम्भावना हुने धारणा राखे। प्रभावित देशका सरकारहरूलाई सशक्त बनाए मात्रै कोष परिचालनमा सजिलो हुने उनको तर्क छ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका जोखिम व्यवस्थापन विज्ञ राजेश शर्माले जलवायु परिवर्तनको कारणले हुने गैर-आर्थिक हानि नोक्सानीको लेखाजोखा महत्वपूर्ण भएको बताए। आर्थिक हानि झैं स्पष्ट नदेखिने र नापतौल गर्न कठिन भएकाले यसको लेखाजोखाका लागि छुट्टै विधि आवश्यक रहेको उनको भनाइ छ।

    images
    images

    इसीमोडका सल्लाहकार अरुणभक्त श्रेष्ठले नेपालजस्ता पहाडी देशमा बाढी, पहिरो र हिमताल विष्फोटजस्ता समस्याले विकराल असर पारिरहेको औँल्याए। भारत र ब्राजिलका विज्ञहरूले साना समुदायहरूको क्षतिपूर्ति पहुँचमा सहजीकरण गर्नुपर्ने धारणा राखे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा संवाद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।