देवदह । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। रामग्राम नगरपालिका–१ सण्डाका २२ वर्षीय जीवन यादवको दुर्घटनामा ज्यान गएको हो।
परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार यादवलाई सुनवल नगरपालिका–९ स्वाठीमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याइएको थियो। अस्पतालमा राति ९ बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि भारतीय नम्बर प्लेटको सानो गाडी भागेको प्रहरीले जनाएको छ। फरार गाडीको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology