Logo

२०८३, श्रावण ३१गते


images
images

प्रतिनिधि सभा बैठक

राप्रपा सांसद कार्कीको प्रश : काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न

राप्रपा सांसद कार्कीको प्रश : काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न

images
  • राप्रपा सांसद कार्कीको प्रश : काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले काँग्रेस सांसदहरु संसदमा कम रहेको बताईन् ।

    images
    images
    images

    उनले काँग्रेस सांसदहरु आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न जानुभएको प्रश्न गरिन् । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको सांसद कार्कीको भनाइ छ । 

    images
    images
    images

    उनले भनिन्, ‘आज त नेपाली काँग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरु कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

    images
    images
    images

    संसदमा ८ जना भन्दा बढी काँग्रेसका सांसद नदेखिएको उनको आरोप छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।