दिपेन्द्र खत्री, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकामा जन्म लिई राजधानी काठमाडौंमा रहि छुट्टै पहिचान बनाउन सफल कलाकार रेडोयाे टिभी तथा युटुबहरुमा मिठाे कार्यक्रम संचालक अभिनव चौहान यतिबेला चर्चामा छन् । त्यसो त गाउँले जीवन देखि नै पत्रकारिता र कलाकारितामा रुचि राख्दै सञ्चारकर्मीकाे रुपमा काम गर्दै आएका चाैहान आफ्नाे कार्यक्रम मार्फत पहिले देखीनै चर्चित हुन् ।
नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेकाे अबस्थामा, पछिल्लो समय बजारमा लाेक दाेहाेरी देखि धेरै थरीका गित संगित दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन्।त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् । भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने (यसपालिको दशैं तिहार अर्घाखाँचीमा) नामक बोलको गित सार्वजनिक भएको छ ।
उक्त गित मार्फत अर्घाखाँची जिल्लाका विभिन्न धार्मिक क्षेत्र, सास्कृतिक क्षेत्र, पर्यटन क्षेत्रका लागि प्रचुर संभावना क्षेत्र, साथै लाेभ हुँदै गएका सामाग्री र अर्घाखाँचीका विभिन्न मनाेमाेहक दृश्य समावेश गरिएको छ।अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक कुरालाई गीतमा महत्त्व साथ प्रस्तुत गरिएको छ। गीत मार्फत अर्घाखाँचीको महत्त्व र चिनारी प्रष्ट पार्न खोजिएको बुझिन्छ।
मुना बुढाथोकी र विजय बिसिको आवाज रहेको यस गीतमा लय/शब्द पनि उनिहरुकै रहेको छ।त्यसैगरी अभिनव चौहान, विजय बिसि, माया उप्रेती, दीपा प्रसाई, सीमा भट्टराई , किरण केसी , भावना राना लगायतको अभिनय देख्न सक्नुहुनेछ।जुन भिडियो (ढाेर्पाटन टि भी)आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology