Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा विमानस्थल भ्रष्टाचारको ट्रेलर, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले

पोखरा विमानस्थल भ्रष्टाचारको ट्रेलर, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले

images
  • पोखरा विमानस्थल भ्रष्टाचारको ट्रेलर, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले
    images
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्धारा भ्रष्टाचार भएको बताएका छन् । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताए । 

    images
    images
    images

    उनले ट्याक्सको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गरे । सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै उनले प्रश्न गरे । एक सय ४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात दुई सय १६ मिलियन पु¥याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको उनको भनाई छ ।  

    images
    images
    images

    सांसद आलेले भने, ‘अहिलेसम्म हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र हामीलाई उपलब्ध भएको छ । २०१७ को डिजीले घरमा लगेर राखेको छ की हामीलाई थाहा छैन । अहिलेसम्म हामीले डकुमेण्ट माग्दा पर्याप्त डकुमेण्ट पाएका छैनौँ । ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट पाएका छैनौँ ।’

    images
    images
    images

    सांसद आलेले भ्रष्टाचारको टे«लर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।