Logo

२०८३, श्रावण ३०गते


images
images

आजको राशिफल

आज असोज २९ गते विजया दशमी, श्री दुर्गा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज असोज २९ गते विजया दशमी, श्री दुर्गा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज असोज २९ गते विजया दशमी, श्री दुर्गा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असोज २९ गते बिहिबार । तदनुसार १५ अक्टोबर २०२१ । श्री दुर्गा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images


    वि.सं. असोज २९, २०७८ । ई.सं. 15 Oct, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलाथ्व । दक्षिणायन । शरद । शुक्रवार । आश्विन शुक्लपक्ष । तिथि - दशमी , २०:२४ बजे उप्रान्त एकादशी । नक्षत्र - श्रवण , १२:४४ बजे उप्रान्त धनिष्ठा । योग - धृति ६:०८ बजेदेखि शूल , २७:५३ बजे उप्रान्त वृद्धि । करण - तैतिल ९:०६ बजेदेखि गर , २०:२४ बजे उप्रान्त वव । चन्द्रराशि - मकर । आनन्दादि योग - धुम्र । दिनमान २८।४२ । सूर्योदय ६:०४ । सूर्यास्त १७:३३ । ध.पञ्चक प्रा. ००:२४ देवीविसर्जन, विजयादशमी (दशैंटीका), खड्गयात्रा, चाँल, शमिदर्शन, वौद्धावतार ।

    images
    images
    images

    आजको राशिफल 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती / प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    मिहनेतसाथ गरेको कामपनि विग्रनेछ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिनेछ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्रसन्न रहनेछ । प्रेममा सफल हुने योग छ । व्यवसाय राम्रो रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    मनमा असन्तोष बढने छ । घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढ्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।