Logo

२०८३, श्रावण ३०गते


images
images

गुल्मीका कार्यालय प्रमुखहरूलाई मन्त्री झाँक्रीको निर्देशन - नागरिकलाई सहज सेवा दिनु

गुल्मीका कार्यालय प्रमुखहरूलाई मन्त्री झाँक्रीको निर्देशन - नागरिकलाई सहज सेवा दिनु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीका कार्यालय प्रमुखहरूलाई मन्त्री झाँक्रीको निर्देशन - नागरिकलाई सहज सेवा दिनु
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नवनियुक्त  सहरी विकास मन्त्री रामकुमारी झाक्रिले गुल्मी  जिल्लाका कार्यालय प्रमुखहरूसगँ भेटघाट गरेकी छन । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला गुल्मी आएकी मन्त्री झाक्रिले साेमवार गुल्मी जिल्लाका कार्यालय प्रमुखहरुसगँ भेटघाट गरेकी हुन ।

    images
    images
    images

     भेटघाट कार्यक्रममा मन्त्री झाक्रिले जिल्लामा नागरिकहरुले सरल र सहज ढगंले सेवा लिन पाउने वातावरण निमार्ण गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन ।

    images
    images
    images

     उनले गुल्मीका सवै सरकारी कार्यालयहरुले समन्वय गरेर जनताका कामहरु गर्न समेत आग्रह गरिन । 
    सङ्घीय सरकार, प्रदेश सरकारहरुवाट जिल्लामा आएका याेजनाहरु समयमै सम्पन्न भएका छन छैनन। निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरेका छन छैनन भनेर समेत अनुगमन गर्ने काममा गुल्मीका सवै सरकारि कार्यालयका प्रमुख तथा कर्मचारीहरुकाे ठुलाे दायित्व रहने वताईन। 

    images
    images
    images

    भेटघाट कार्यक्रममा गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण  पाण्डेले सुरक्षित आवास कार्यक्रम अन्तगत ५० हजार पाउने भनिएपनि २० हजार मात्रै नागरिकले प्राप्त गरेकाले कार्यक्रम अन्तरगतकाे सवै रकम पाउने व्यवस्था मिलाउनु अनुराेध गरेका थिए । 

    सहरी विकास मन्त्रालय सङघीय आयाेजना कार्यान्वयन ईकाई रुपन्देहीका सव ईन्जिनियर नारायण वुढा मगरले गुल्मी जिल्लामा शहरी विकास मन्त्रालयवाट कार्यक्रम धेरै आउने तर वजेट थाेरै आउने समस्या रहेकाे वताए । साथै उनले अहिले गुल्मीमा १९ वटा कार्यक्रमहरु सञ्चालन रहेको वताए । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पाैडेलले गुल्मेलि जनताले जिल्लाका सवै सरकारि कार्यालयहरुवाट कानुनले दिएका सेवा सुविधा सजिलै पाउने वातावरण रहेकाे जानकारी गराए । 

    उनले जिल्लामा सञ्चालन रहेका विकास निर्माणका याेजनाहरु समयमै र गुणस्तरीय काम गराउने प्रतिवद्वता समेत व्यक्त गरे । 
     प्रमुख जिल्ला अधिकारि पाैडेलले जिल्लाकाे शान्ति सुरक्षा,विकास निर्माण,जनताका सेवाहरुकाे वारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे समेत सहभागीता रहेकाे थियाे । मन्त्री घर्तीले पनि प्रदेश सरकार गुल्मीका कार्यालयहरुसगँ समन्वय गरेर विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने वताईन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।