गुल्मी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले केपी ओलीले जनतासंग भोट माग्ने नैतिकता गुमाएको बताएका छन् । ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन बाहेक अरु केही नगरेको जिकिर गर्दै नेता चौधरीलेले ओलीको पार्टीले हामीलाई भोट दिनुस्, ससंद विघटन गरेर देखाउँछाैं भन्दै जनतामाझ जानुपर्ने बताएका हुन् ।
एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई सम्वाेधन गर्दै नेता चाैधरीले ओलीले नेतृत्व गरेकाे पार्टीले कम्युनिस्ट आन्दोलन समाप्त पार्ने बताउंदै नेपालमा कम्युनिस्ट आन्दोलनलाई बचाँउन एकीकृत समाजवादी गठन गरेकाे वताए । उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पार्टीकाे नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।
प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी ओली पाटीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता गुमाएकाे दोहोर्याउंदै केपी ओलीको नेतृत्वको नेकपा एमाले विलय हुने बताए ।
उनले कम्युनिस्ट पाटीकाे नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवकाे निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनाैती दिए ।
कार्यक्रममा पाटीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाक्रि, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वाेलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology