Logo

२०८३, श्रावण ३०गते


images
images

महिला क्रिकेट विश्वकप

विश्वकप खेल्न पाकिस्तानी महिला क्रिकेट टिम भारत नआउने

विश्वकप खेल्न पाकिस्तानी महिला क्रिकेट टिम भारत नआउने

images
  • विश्वकप खेल्न पाकिस्तानी महिला क्रिकेट टिम भारत नआउने
    images
    images

    काठमाडौँ । आइसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू अब भारतको सट्टा श्रीलंकामा खेलिने भएका छन् ।

    images
    images
    images

    आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतमा हुने महिला क्रिकेट विश्वकपमा पाकिस्तान भारत आउन अस्वीकार गरेपछि यसअघि सम्पन्न पुरुष च्याम्पियन्स ट्रफीको मोडलमा प्रतियोगिता हुने भएको हो । आइसीसीले पाकिस्तानका खेलहरु श्रीलंकामा हुने र अन्य खेलहरु भारतमा हुने जानकारी दिएको छ ।

    images
    images
    images

    भारतमा हुने खेलहरू बेंगलुरु, गुवाहाटी, इन्दौर र विशाखापट्टनमस्थित क्रिकेट मैदानमा आयोजना हुनेछन् भने श्रीलंकामा हुने खेलहरू कोलम्बोमा आयोजना हुनेछन् ।

    images
    images
    images

    पाकिस्तानले श्रीलंकामा सात समूह चरणका खेलहरू खेल्नेछ । जसमा भारत र इङ्गल्याण्ड विरुद्धका खेलहरू समावेश छन् ।

    पाकिस्तान सेमिफाइनल र फाइनलमा पुगेमा भने ति खेलहरु श्रीलंकामा हुनेछन् अन्यथा भारतमा हुने आइसीसीले जनाएको छ ।

    यस पटक महिला एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतसहित ८ देश सहभागी हुदैछन् । जसमा अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।
    महिला विश्वकपको फाइनल खेल नोभेम्बर २ मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।