बुुुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्द अविस्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टीमध्य जनता समाजवादी पार्टीबाट अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सहित ४ सांसद नै मन्त्री बनेपछी जसपाको विवाद उत्कर्षमा पुगेको छ ।
उक्त पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले एक प्रेस बिज्ञप्ति जारी गर्दै सपथ लिएका चार मन्त्रीलाई तुरुन्त राजीनामा दिइ सरकारबाट बाहिरिन अनुरोध गरेका छन । २४ घण्टा अल्टिमेटम दिदै नेता यादवले पार्टी निर्णय बिपरित गरिएको उक्त कार्यको चित्त बुझ्दो स्पष्टीकरण दिन समेत अनुरोध गर्दै, स्पष्टीकरण नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए पार्टी र प्रदेश सांसद पदबाटै हटाइने चेतावनी समेत दिएका छन ।
पार्टी निर्णय बिपरित गएको भन्दै उनिहरुलाइ अर्को निर्णय नहुँदा सम्म पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको समेत बिज्ञप्ति उल्लेख छ ।
यस बिषयमा सेतोमसीसंग कुरा गर्दै जसपाका केन्द्रिय समिती सदस्य समेत रहेका लुम्बिनी प्रदेशका पार्टी महासचिव यज्ञ पोखरेलले संसदीय दलको निर्णयबाहिर जानेहरू कार्वाहीको दायरामा आउने बताए ।
तर, लुम्बिनीमा जनता समाजबादी पार्टी अर्थात जसपाको लुम्बिनी प्रदेश कमिटी नै छैन । राजपा र संघीय समाजबादी एकता हुनुअघि संघीय समाजबादी पार्टीको मात्र प्रदेश कमिटी थियो। एकता पछि त्यो विघटित थियो। त्यही विघटित प्रदेश कमिटीको नाममा जसपा भनेर वक्तव्य आएको छ। त्यसलाई मान्न बाध्य हुन पर्ने कि नपर्ने भन्ने हाम्रो जिज्ञासामा नेता पोखरेलले पार्टी समायोजनका केही काम बाँकी रहेको भएपनि अहिले अशोक कुमार यादव अध्यक्ष रहेको प्रदेश समिती नै हाल सम्म केन्द्रिय समितिले समेत मान्दै आएको समिती भएकोले जारी गरिएको बिज्ञप्ति आधिकारिक भएको बताउँदै पार्टी समायोजनका केही काम बाकी रहेको भएपनि संसदीय दल भने समायोजन भइसकेको र मुख्यमन्त्री पोखरेलविरुद्ध अबिस्वासको प्रस्तावमा जाने संसदीय दलको समेत निर्णय भएकोले उक्त निर्णय बाध्यकारी हुने बताए ।
लुम्बिनी प्रदेशको बिषयले फुटको दिशातिर अगाडि बढेको जसपाभित्र थप तनाव सृजना भएको छ । जसपाका संघिय अध्यक्ष डा. बाबुराम भट्टराईले लुम्बिनी प्रदेशका अध्यक्ष यादवको प्रेस बिज्ञप्ति ट्विट गर्दै त्यस्लाइ आधिकारिकता प्रदान गरेका छन भने महन्त ठाकुर पक्षले उक्त बिज्ञप्तिलाई अनाधिकृत भनेको छ ।
स्मरण रहोस, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई सोमबार मन्त्री बनाएका थिए। मन्त्री बनेका चार सांसदमध्य २ प्रत्यक्ष र २ समानुपातिक तर्फबाट बिजयी सांसद हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology