काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बजेटले दलाल पुँजीवादलाई प्रोत्साहित गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभामा आर्थिक बर्ष २०८२ ÷०८३ को बजेटमाथिको छलफलमा भाग लिदै श्रेष्ठले बजेटले राष्ट्रिय पुँजीको निर्माण गर्ने र संबिधानको भावनालाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरेका हुन् ।
उनले अहिले देशमा उत्पादन बढेर नभएर माग संकुचन भएर, आर्थिक शिथिलता बढेर निर्यात बढेको जस्तो देखिएको बताएका छन् ।
श्रेष्ठले बजेटले आर्थिक वृद्धिमा योगदान गर्न नसक्ने दाबि गर्दै भने– ‘बजेटले ६ प्रतिशत आर्थिक वृद्धिको कुरा गरेको छ । यो बजेट विन्यासको अवस्था हेर्दा ६ प्रतिशत आर्थिक वृद्धि हुने कुनै पनि अवस्थामा हुन सक्दैन । यो ४।५ प्रतिशतको आर्थिक वृद्धिको वरिपरी हुने देखिन्छ । त्यो भन्दा माथि जादैन ।’
श्रेष्ठले अहिले सुशासन, उत्पादन, लगानी, रोजगारी र स्रोतको व्यवस्थापन, पुँजीगत खर्च बढाउने नीति आवश्यक रहे पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको बताए ।
स्टार्टअपलाई प्रोत्साहन गर्ने र अन्य केहि ससाना प्रयासले अहिले आर्थिक रुपमा फड्को मार्न नसकिने बताउदै उनले बजेटमा पुँजीगत खर्च बढाउने योजना नै नआएको बताए ।
श्रेष्ठले खराब कर्जा र जग्गाको मौद्रिकरणले देशको आर्थिक अवस्था बिग्रिएको बताउदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology