Logo

२०८३, श्रावण ३०गते


images
images

संसद अवरोध

सरकारले छानविन समिति बनाए संसदको अवरोध हट्छ : माओवादी केन्द्र

सरकारले छानविन समिति बनाए संसदको अवरोध हट्छ : माओवादी केन्द्र

images
  • सरकारले छानविन समिति बनाए संसदको अवरोध हट्छ : माओवादी केन्द्र
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षीले उठाएको मुद्दा गृहमन्त्रीको राजीनामाको विषय मात्र नभई सुशासनको विषय भएको दावी गरे । 

    images
    images
    images

    उनले भिजिटि भिसाका नाममा भएको मानव तस्करीको विषयमा सरकारले संसदमा जवाफ दिएर छानबिन समिति बनाउन तयार भए संसदको कारबाही अघि बढाउन प्रतिपक्षी तयार रहेको पनि बताए । 

    images
    images
    images

    उनले भने, ‘संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र मुद्दा चलाइरहेको विषय भिजिट भिसा प्रकरणसँग मेल खाँदैन । यसमा त आम जनताले के के भोगिरहेको छ भन्ने कुरा हेर्ने होला नि त । यो मुलतः सुशासनको विषय हो । उहाँहरुको सहसचिव तीर्थ भट्टराईको मात्रै कुरा गर्नुहुन्छ !’ 

    images
    images
    images

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत केही कर्मचारीहरू विरुद्ध अनुसन्धान अघि बढाएको छ । 

    सोहि विषयलाई लिएर विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसद बैठक अवरोधकै कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।