Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : सांसद सुवाल

भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : सांसद सुवाल

images
  • भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : सांसद सुवाल
    images
    images

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    उनले सरकारमा गएर भ्रष्टाचार गर्ने अनि त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए । सांसद सुवालले नेपालको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर घ्यु भात खानेहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए । 

    images
    images
    images

    सांसद सुवालले भने, ‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने । विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यसरी नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन् ? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ । गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भूटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ ।’

    images
    images
    images

    सांसद सुवालले भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।