Logo

२०८३, कार्तिक ३०गते


images
images

अपराध

सुनवलमा कोदालो प्रहार गरी दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहार गरी दुई जनाको हत्या

images
  • सुनवलमा कोदालो प्रहार गरी दुई जनाको हत्या
    images

    देवदह । पश्चिम नवलपरासीको सुनवल –२, अवरैयामा  कोदालो प्रहारबाट २ जनाको हत्या भएको छ । आज बिहान करिब १०ः३० बजे स्थानीय २७ बर्षिय हेमराज थारुले कोदालो प्रहार गरी आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।

    images
    images
    images

    प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । त्यसलगत्तै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरेको स्थानीयलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

    images
    images
    images

    घटनाबारे जानकारी पाउना प्रहरी टोली उक्त स्थानमा पुगेको र हत्यामा संलग्न हेमराजलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पौडेलले बताए । 

    images
    images

    हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हेमराजलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको सुनवल प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोदालो प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।