Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड र माधव बाहिरिएपछि पार्टी अगाडि बढ्यो : ओली 

प्रचण्ड र माधव बाहिरिएपछि पार्टी अगाडि बढ्यो : ओली 

images
  • प्रचण्ड र माधव बाहिरिएपछि पार्टी अगाडि बढ्यो : ओली 
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।

    images
    images
    images


    उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’

    images
    images
    images


    पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीले बताए ।  यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’

    images
    images
    images


    आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसंगठन र वर्गीय संगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।