Logo

२०८३, कार्तिक ३०गते


images
images

नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

images
  • नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
    images

    काठमाडौँ । नागढुङ्गा नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।

    images
    images
    images

    नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतवार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १० : ३० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।

    images
    images
    images

    सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ ।

    images
    images
    road1749361081.jpg

    सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिईएको छ । वैकल्पिक मार्गमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक रहेको आयोजनाले जनाएको छ । त्यस्तै सडक योजनाले बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने नरोकिने बताएको छ ।

    यस अघि नागढुङ्गा–नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरेर काम गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागढुङ्गा-नौबिसे सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।