Logo

२०८३, आश्विन ९गते


images
images

तालिम

बुटवलमा समावेशी पत्रकारिता सम्बन्धी तालिम

बुटवलमा समावेशी पत्रकारिता सम्बन्धी तालिम

images
  • बुटवलमा समावेशी पत्रकारिता सम्बन्धी तालिम
    images
    images

    बुटवल । बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल, रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने तालिमको आइतबाट बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफुहरु निर्वाचित भएपछि सञ्चार क्षेत्रसंग निरन्तर सहयात्रा गर्दै आइरहको बताए । 

    images
    images
    images

    पछिल्लो समय सञ्चारकर्मीहरु सामाजिक सञ्जाल केन्द्रीत भएको उल्लेख गर्दै उनले समाचारमा केन्द्रीत हुन सुझाब दिए । नगरपालिकाले सबै जात, जाति, भाषा र धार्मिक समुदायको हितलाई केन्द्रमा राखेर काम गरेको प्रमुख पाण्डेको भनाइ छ । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरुको सकारात्मक साथ र सहयोग रहेको बताइन् । उनले नगरपालिकाले समावेशीताको सवालमा विभिन्न कामहरु गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि वढ्ने प्रतिवद्धता जनाइन् । 

    प्रेस सेन्टर नेपाल रुपन्देही .png

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले राज्यका निकायहरुको निगरानी र खबरदारी गर्ने पेशागत दायित्व भुल्न नहुने बताए । उनले नेपाल पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाले दिने तालिमले व्यावसायिक पत्रकारिताको विकासमा योगदान दिने विचार व्यक्त गरे । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारिका समुह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्दै पत्रकारहरु हरेक दिन अपडेट हुनुपर्ने भएका कारण क्षमता अभिवृद्धि जस्ता तालिमहरु आवश्यक रहेको बताए ।

    प्रेस सेन्टर नेपाल, रुपन्देही अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख माया केसीको स्वागत तथा सचिव सनु थापाको संचालन रहेको थियो  ।

    तालिममा विभिन्न मिडियामा आवद्ध ३५ जना पत्रकारहरूको सहभागीता रहेको प्रेस सेन्टरले जनाएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।