Logo

२०८३, श्रावण ३०गते


images
images

कुम्भमेलामा ३७ होइन ८२ जनाको मृत्यु भएको बिबिसीको दाबि

कुम्भमेलामा ३७ होइन ८२ जनाको मृत्यु भएको बिबिसीको दाबि

images
  • कुम्भमेलामा ३७ होइन ८२ जनाको मृत्यु भएको बिबिसीको दाबि
    images
    images

    काठमाडौँ । भारतमा कुम्भमेलाको अवसरमा गत जनवरी २९ मा भएको भागदौडमा ८२ जनाको मृत्यु भएको बिबिसीले खुलासा गरेको छ ।

    images
    images
    images

    बिबिसीले एक रिपोर्ट सार्बजनिक गर्दै सरकारले ३७ जनाको मृत्यु भएको दाबि गरेपनि ८२ जनाको मृत्यु भएको प्रमाण आफुले जुटाएको दाबि गरेको हो ।

    images
    images
    images

    बिबिसीले कुम्भमेलामा मृत्यु भएका ३७ जनाको परिवारलाई उत्तर प्रदेश सरकारले २५-२५ लाख राहत दिएको त्यस बाहेकका मृतकलाई २५-२५ लाख नगद सहयोग गरेको दाबि गरेको छ । प्रदेश सरकारले ति मृतकहरु अन्य कारणले मरेको कागज गराएर नगद सहयोग गरेको प्रमाण भेटिएको दाबि गरेको हो ।

    images
    images
    images

    बिबिसीले कुम्भ मेलामा आफन्तको मृत्यु भएको दाबि गर्ने सय भन्दा बढी परिवारसंग कुरा गरेको तर प्रमाणको अभावका आधारमा ८२ जनामा उनीहरुलाई संलग्न नगराएको रिपोर्टमा उल्लेख गरेको छ ।

    जनवरी १३ देखि फेब्रुअरी २६ सम्म चलेको कुम्भमेलामा ६६ करोड मानिस पुगेको दाबि गरिएको छ । यसको आयोजना गर्न उत्तर प्रदेश सरकारले ७ हजार करोड भारु खर्च गरेको बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुम्भमेला
  • # बिबिसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।