काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
मंगलवार बसेका समितिको बैठकमा छलफलपछि विद्येयकलाई सर्वसम्मत् रुपमा पारित गरेको हो ।
यो विद्येयक पारित भएसँगै अब यो विद्येयक चाँडै संसद्मा पेश गर्ने समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।
सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology