Logo

२०८३, श्रावण ३०गते


images
images

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

images
  • साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल-भारत बीच व्यापार, पारवहन र लगानीलाई तिब्र बनाइ कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । नेपाल-भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् । 

    images
    images
    images

    नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने उनले बताईन् । परराष्ट्रमन्त्री राणाले नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको उल्लेख गरिन् । 

    images
    images
    images

    नेपाल-भारत सम्बन्ध सभ्यताको शुरुवातमा राखिएका जगहरूमा निर्मित रहेको प्रसंग उल्लेख गर्दै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड छ । 

    images
    images
    images

    मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिईन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।