Logo

२०८३, कार्तिक ३०गते


images
images

सक्रिय अख्तियार

गाउँपालिका तत्कालिन अध्यक्षसहित १० जना र दुई कम्पनीविरुद्ध मुद्धा दायर

गाउँपालिका तत्कालिन अध्यक्षसहित १० जना र दुई कम्पनीविरुद्ध मुद्धा दायर

images
  • गाउँपालिका तत्कालिन अध्यक्षसहित १० जना र दुई कम्पनीविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आव २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको २ करोड ४९ लाख बजेट टुक्रा-टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले चक्रघट्टा गाउँपालिका तत्कालीन अध्यक्ष विक्रम यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर, सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-ईन्जिनियर सन्तोष राय र सब-ईन्जिनियर राजु राय विरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images

    यसैगरी स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव, एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजु कुमारी शाहको जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगिता कुमारीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।