Logo

२०८३, कार्तिक ३०गते


images
images

सहिद तथा बेपत्ता परिवारलाई बुटवलमा सम्मान

सहिद तथा बेपत्ता परिवारलाई बुटवलमा सम्मान

images
  • सहिद तथा बेपत्ता परिवारलाई बुटवलमा सम्मान
    images

    बुटवल । जनयुद्धकालमा सहिद भएका तथा बेपत्ता पारिएका परिवारलाई बुटवलमा सम्मान गरिएको छ । सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले माओवादी जनयुद्धको समयमा सहिद तथा बेपत्ता भएकाका परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा सहिद परिवारलाई कार्यक्रमका प्रमूख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमूख खेलराज पाण्डेयले खादा र नगदले सम्मान गरे । सम्माननित हुनेहरुमा यस क्षेत्रका शहीद तथा बेपत्ता परिवारका तर्फबाट विष्णुमाया खनाल, माया काउचा, शान्ती रावल, जानकी अर्याल घिमिरे, जमुना गौतम, ठगनी थारु, सरस्वती श्रेष्ठ, मिना पौडेल, राधिका श्रेष्ठ, कला केसी, करणप्रसाद थारु, बसन्ती बोहोरा लगायतलाई सम्मान गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रुपन्देही इन्चार्ज सोनिया यादव, पार्टीका रुपन्देही संयोजक निर्मल जिसी, माओवादी केन्द्रका लुम्बिनी प्रदेश कार्यालयका प्रमूख सचिव यज्ञ पोखरेल, नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भूषाल, अभियन्ता रिता सेन लगायतले बोल्दै शहीद तथा बेपत्ता परिवारलाई राज्यले उचित सम्मान तथा न्यायको अनुभूति दिलाउनु पर्ने बताए । 

    images
    images

    बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रम शहीद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिेरेको अध्यक्षता, उपाध्यक्ष मनोज रानाको स्वागत तथा सचिव दामोदर घिमिरेको सञ्चालनमा भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेपत्ता परिवार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।