Logo

२०८३, श्रावण ३०गते


images
images

विमान दुर्घटना अपडेट

एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

images
  • एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै
    images
    images

    काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेका एक यात्रू जीवित रहेका छन् ।

    images
    images
    images

    रमेश कुमार नाम गरेका यात्रु जीवत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    images
    images
    images

    प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

    भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिवार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।