गुनाराम घिमिरे, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा जातीय विभेदको अन्त्य बिना समाज समृद्ध नहुने बताएका छन् । बुधबार आदिबासी जनजाती आयोगको बार्षिक प्रतिबेदन बुझ्दै प्रमुख शेरचनले यस्तो विचार ब्यक्त गरेको हुन् ।
विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरी रहदाँ नेपालमा अझैपनी जातीय विभेद हुनु दुखद विषय भएको प्रमुख शेरचनले बताए । प्रमुख शेरचनले लुम्बिनी प्रदेशमा पनि विभेद कायम रहेको उल्लेख गर्दै त्यसको अन्त्यसंगै सबै समुदायको विकासका लागि अगाडि बढनुपर्नेमा जोड दिए ।
प्रतिबेदन बुझाउदै आयोगका अध्यक्ष रामबहदुर थापा मगरले समतामुलक समाज निर्माणको लागि ब्यबस्था परिबर्तनको संघर्षमा आदिबासी जनजातीको ठूलो भुमिका भएको उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको बिषेश उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology