Logo

२०८३, कार्तिक २८गते


images
images

नारायणगढ-बुटवल सडक अस्तव्यस्त, वैकल्पिक रुट प्रयोग गर्न आग्रह

नारायणगढ-बुटवल सडक अस्तव्यस्त, वैकल्पिक रुट प्रयोग गर्न आग्रह

images
  • नारायणगढ-बुटवल सडक अस्तव्यस्त, वैकल्पिक रुट प्रयोग गर्न आग्रह
    images

    नवलपरासी । बर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अस्तव्यस्त भएपछि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बर्षाको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बाढीले डाइभर्सनमा क्षति पुगेको, निरन्तर बर्षाका कारण दुम्कीबास- दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको जानकारी दिदै वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरी कार्यालयले पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान आग्रह गरेको छ भने काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान अनुरोध गरेको छ ।

    images
    images

    त्यस्तै पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थानमा जान र साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    prahari.jpg

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणगढ-बुटवल सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।