Logo

२०८३, कार्तिक ३०गते


images
images

कानूनी व्यवस्था गरेर मात्रै विद्युत व्यापारको लागि टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत

कानूनी व्यवस्था गरेर मात्रै विद्युत व्यापारको लागि टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत

images
  • कानूनी व्यवस्था गरेर मात्रै विद्युत व्यापारको लागि टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए । 

    images
    images
    images

    उनले सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाउँदै निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने उल्लेख गरे । 

    images
    images
    images

    उनले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । सरकार विधेयक र कानून निर्माणप्रति त्यति जिम्मेवार र जवाफदेही भइरहेको जस्तो त लागिरहेको छैन ।’

    images
    images

    सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत व्यापार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।