Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पलाई नोबेल पुरस्कार दिन पाकिस्तानी सेनाको सिफारिस

ट्रम्पलाई नोबेल पुरस्कार दिन पाकिस्तानी सेनाको सिफारिस

images
  • ट्रम्पलाई नोबेल पुरस्कार दिन पाकिस्तानी सेनाको सिफारिस
    images
    images

    काठमाडौँ । पाकिस्तान सरकारले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनोनित गरेको छ । पाकिस्तानले भारत-पाकिस्तान युद्धको समयमा ट्रम्पको कूटनीतिक पहल र मध्यस्थताले ठूलो युद्ध रोक्न मद्दत गरेको बताउदै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएको छ ।

    images
    images
    images

    पाकिस्तान सरकारले आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ, ट्रम्पले नयाँ दिल्ली र इस्लामाबाद दुवैसँग कुरा गरेर युद्धविराममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसले दुई आणविक शक्तिहरू बीचको युद्धको सम्भावनालाई टारेको छ ।

    images
    images
    images

    पाकिस्तानले कश्मीर मुद्दामा ट्रम्पको मध्यस्थताको प्रस्तावको पनि प्रशंसा गरेको छ, साथै कश्मीर समाधान नभएसम्म यस क्षेत्रमा स्थायी शान्ति हुन नसक्ने उल्लेख गरेको छ ।

    images
    images
    images

    यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान बीचको युद्ध रोक्न, रूस–युक्रेन र इरानइजरायल जस्ता विवादहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्, तर उनले नोबेल शान्ति पुरस्कार नपाउने पनि बताएका छन् ।

    ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले जे गरे पनि, मलाई नोबेल शान्ति पुरस्कार मिल्नेछैन । मैले, विदेशमन्त्री मार्को रुबियोसँग मिलेर कंगो रवाण्डा युद्ध रोक्न शान्ति सम्झौतामा मध्यस्थता गरें । यो दशकौंदेखि चलिरहेको रक्तपातपूर्ण द्वन्द्व थियो ।’ 

    नोबेल पुरस्कार २०२६ को लागि आधिकारिक दर्ता भने सेप्टेम्बरमा सुरु हुनेछ । यद्यपि, अन्तिम मिति अझै घोषणा गरिएको छैन । २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ थियो ।

    यसअघि बुधबार ट्रम्पले पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरलाई ह्वाइट हाउसको बन्द कोठामा भेट गरेका थिए । दुवैले ह्वाइट हाउसको क्याबिनेट रुममा सँगै लन्च समेत गरेको बताइएको छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले पाकिस्तानका सेना प्रमुखलाई ह्वाइटहाउस आतिथ्यता दिएको यो पहिलो पटक थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोबेल पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।