Logo

२०८३, आश्विन ११गते


images
images

विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा

विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा

images
  • विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    सभापति देउवाले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । उनले अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने उल्लेख गरे । 

    images
    images
    images

    नेपाल जस्तो देशमा जथाभावि नागरिकता बाँड्दा कठिनाइ आइपर्ने बताउँदै नेपाल फर्किन चाहनेलाई स्वागत गर्न आँफुहरु तयार रहेको बताए । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने सभापति देउवाको जिकिर छ । 

    images
    images
    images

    उनले भने, ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । छिटै निस्कर्ष निस्किनेछ ।’

    सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताउँदै ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको तर्क गरे । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको सभापति देउवाको भनाई छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरिकता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।