Logo

२०८३, आश्विन ११गते


images
images

चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

images
  • चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
    images
    images

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताएका छन् । मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए ।

    images
    images
    images

    खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको केसीको भनाई छ । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका उनले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्न गरे । 

    images
    images
    images

    गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उनले बताए । ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उनले प्रष्ट पारे ।  

    images
    images
    images

    अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।