Logo

२०८३, आश्विन ११गते


images
images

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : अध्यक्ष केसी

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : अध्यक्ष केसी

images
  • लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : अध्यक्ष केसी
    images
    images

    रूपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । उनले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यो व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    मंगलबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले गरेको साक्षरता कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्न जिकिर गरे । उनले भने, “हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो । यो सम्भव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्धि भुट्ने काम भाछ । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।”

    images
    images
    images

    प्रतिनिधि सभा सदस्य समेत रहेका केसीले भने, ‘लोकतन्त्र र गणतन्त्रको विरुद्ध किन आवाज उठ्यो, लोकतन्त्र ल्याउनेले गतिलो काम नगरेका हुन्, यसैबाट समाजवादी व्यवस्था ल्याउन लड्ने हो, जसरी जानुपर्ने थियो नभएको हो तर त्यसको विकल्प राजतन्त्र होइन ।’ 

    images
    images
    images

    उनले नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबी गर्नुभयो । प्रदेशलाई खारेज गरी स्थानीय तहहरूलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाई थियो ।

    ‘लोकतन्त्रको सिमाभित्र दलले गर्न नसकेको सत्य हो, लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चाबन्दी हटाउने अभियानमा साथ दिइन्छ,’ नेता केसीले भने “राजनीति गर्न व्यक्ति र परिवारलाई प्राथमिकता दिइयो, त्यो गलत भयो, अब उन्नत व्यवस्थामा जान सकिन्छ तर पुरानोमा फर्कने अवस्था रहँदैन ।” लोकतान्त्रिक पद्धतिमा सुशासन कायम हुनुपर्नेमा कुशासनको दिशामा जानाले जनतामा वितृष्णा छाएको जिकिर गरे।

    नेता केसीले गठबन्धन सत्तामा जानका लागि मात्र गर्न नहुने बताउँदै ५ दलीय गठबन्धनले ७२ को संबिधान जोगिएको दाबी गर्नुभयो । उहाँले गठबन्धनमा भएको सम्झौतालाई अक्षरशः पालना गरेर अगाडि बढ्न समेत दलहरूलाई सुझाव दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चित्रबहादुर केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।