Logo

२०८३, आश्विन ११गते


images
images

दाहाल हद दर्जाको अवसरवादी : चित्रबहादुर केसी

दाहाल हद दर्जाको अवसरवादी : चित्रबहादुर केसी

images
  • दाहाल हद दर्जाको अवसरवादी : चित्रबहादुर केसी
    images
    images
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबबहादुर केसीले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई हद दर्जाको अवसरवादी भएको टिप्पणी गरेका छन्। 
     
     जम्मा ३२ सिट जितेको माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नु ४ मंसीरको निर्वाचनमा व्यक्त जनादेशको अपमान भएको केसीको भनाइ छ। 
    “गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो” अध्यक्ष केसीले भनेका छन्, “प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशप्रतिको अपमान र स्वयं जनताप्रतिको ठूलो धोका पनि हो।” 
    केसी गत निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको मत पाएर जनमोर्चाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एक मात्र सांसद हुन।   
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चित्रबहादुर केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।