Logo

२०८३, आश्विन ११गते


images
images

लोकतन्त्र र गणतन्त्र ल्यायौँ तर जनतालाई के दियौँ ? : चित्रबहादुर केसी

लोकतन्त्र र गणतन्त्र ल्यायौँ तर जनतालाई के दियौँ ? : चित्रबहादुर केसी

images
  • लोकतन्त्र र गणतन्त्र ल्यायौँ तर जनतालाई के दियौँ ? : चित्रबहादुर केसी
    images
    images

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बालकुमारी घटनामा गल्ती कमजोरी गर्नेलाई कारबाही गरेर देखाउनुपर्ने बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनामाथि भएको छलफलमा सांसद केसीले यसअघि पनि विभिन्न घटनामा आयोगहरू गठन गर्ने र तर दोषीहरूलाई कारबाही नहुने गरेको भन्दै बालकुमारी घटनामा त्यस्तो हुन नहुने बताएका हुन् ।

    images
    images
    images

    ‘लोकतन्त्र गणतन्त्रमा माथि नै प्रहार भइरहेको छ । हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर नेपाली जनतालाई के दियौ ?’, केसीको प्रश्न छ । उनले यसबारेमा सरकार गम्भीर हुनुपर्ने बताए ।

    images
    images
    images

    ‘अहिलेको घटनामा पीडितहरुलाई दश लाख दिएर समस्या समाधान हुँदैन, उनीहरूको परिवारलाई राज्यले हेर्नुपर्छ र फिल्डमा जसले गल्ती गरेको छ त्यसको मसिनो अध्ययन अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्छ’, केसीको भनाइ छ ।

    images
    images
    images

    उनले कमजोरी गर्नेलाई मोजाहिला गर्न नहुने भन्दै अगाडि भने, ‘अर्को कुरा संसदीय प्रणालीमा एउटा घटना घट्छ आयोग बनाइदियो, आयोगले केही खेतीपाती गर्छ अनि त्यो भन्दा अर्को ठुलो घटना घट्छ यस्ता दर्जनौँ आयोग हामीले देखेका छौँ’, केसीले भने, ‘त्यसकारण विगतका आयोगले जस्तै काम अधुरो छाडेर फेरि हात्ती आयो हात्ती आयो फुस्सा नहोस् । गल्ती कमजोरी गर्नेलाई कारबाही गरेर देखाउनुपर्छ ।’

    उनले यही रफ्तारले सरकार चल्ने चलाउने हो भने गणतन्त्र धान्न नसकिने पनि बताए । छलफलमा सांसद चन्दा कार्कीले बालकुमारी घटनामा दुई जना युवाले ज्यान गुमाएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चित्रबहादुर केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।