Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम

देशभर मनसुनी वायुको प्रभाव : लुम्बिनी सहित केहि प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव : लुम्बिनी सहित केहि प्रदेशमा भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुनी वायुको प्रभाव : लुम्बिनी सहित केहि प्रदेशमा भारी वर्षाको सम्भावना
    फाइल फोटो
    images
    images


    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

    images
    images
    images

    हाल देशभर कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

    images
    images
    images

    यस वर्षको मनसुन प्रणाली असार ६ गतेदेखि देशभर फैलिएको छ । नेपालमा यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू-भागमा विस्तार भएकोमा जेठ २९ गते मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भाग सम्म विस्तार भएको थियो ।

    images
    images
    images

    नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ । यस वर्ष मनसुन सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो । देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ ।

    आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

    महाशाखाले आगामी २४ घण्टा देशको पहाडी भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस समयमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।