Logo

२०८३, श्रावण ३०गते


images
images

नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

images
  • नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा
    images
    images

    काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो ।

    images
    images
    images

    नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ ।

    images
    images
    images

    रुपन्देहीको लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ । लुम्बिनीमा २४ घण्टाको अवधिमा १४२.६ मिलिमिटर र बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ ।

    images
    images
    images

    यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२, कपिलवस्तुको तौलिहवामा ८६.८, नवलपुरको दुम्कौलीमा ६४.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी क्षेत्रमा भएको अति भारी वर्षा (हल्का रातो रंगमा) ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

    महाशाखाले आज बिहान साढे १ बजे सूचना जारी गरी पछिल्लो ३ घण्टा कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने सुहेली, चौधर लगायत साना खहरे खोलाहरुमा एक्कासी बाढीको जोखिम रहेको जनाएको छ ।

    त्यसैले महाशाखाले जारी गरेको सूचनामा लेखिएको छ, ‘तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेहरूले बिहानसम्मै सतर्कता अपनाऔं ।’

    मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् ।

    यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ ।

    १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी वर्षालाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।