Logo

२०८३, श्रावण ३०गते


images
images

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

images
  • आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
    images
    images

    काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

    images
    images
    images

    न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ।

    images
    images
    images

    अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

    images
    images
    images

    महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

    काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ। 

    रातिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले वर्षाका  कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।