Logo

२०८३, आश्विन ९गते


images
images

एमालेको लालकिल्लामा पहिरो, एकैदिन सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

एमालेको लालकिल्लामा पहिरो, एकैदिन सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

images
  • एमालेको लालकिल्लामा पहिरो, एकैदिन सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
    images
    images

    रेशम अधिकारी, सुनवल । कुनै बेला कम्युनिष्टको लालकिला भनिएको सुनवल नगरपालिका वडा ७ मा एक सय १४ भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा अधिकांश नेकपा एमाले कार्यकर्ता रहेका छन् ।

    images
    images
    images

    नवलपरासी एमालेले सुनवल वडा नं. ७ लाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो ।

    images
    images
    images

    नेपाली कांग्रेस वडा कार्यसमितिले शनिबार सुनवलको ज्यामिरेमा सुनवल नगर प्रमुख भिमबहादुर थापाको आतिथ्यमा आयोजना गरेको शुभकामना आधान प्रदान कार्यक्रममा स्थानीय नेता गङ्गाराम पौडेलको नेतृत्वमा ११४ बढीले अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सुनवल नगर सचिव प्रकास बार्हघरे जानकारी दिए ।

    images
    images
    images

    नवप्रवेशीहरूलाई मुस्कानसहित शनिवार सुनवल नगर प्रमुख भिमबहादुर थापाले पार्टी प्रवेश गराएका हुन् । यसअघि चारपालामा पनि दुई दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

    250556325_705314673776840_8144826811811427691_n.jpg

    उक्त कार्यक्रममा १४० जनाले पार्टी सदस्यता समेत लिएका छन् । नेपाली कांग्रेस वडा कार्यसमितिले ज्यामिरेमा गङ्गा प्रसाद पौडेलको अदक्ष्यतामा टोल ईकाई समिती समेत गठन गरेको छ । जसको उपाध्यक्षमा कमला पौडेल, सचिवमा खेमनारायण अधिकारी, कोषाध्यक्षमा शिव पौडेल लगायत १५ जना पदाधिकारी चयन भएका छन ।

    कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका मेयर भिमबहादुर थापा भरतले नेपाली कांग्रेसको कार्यशैली मन परेका कारण जनताले आफै काँग्रेस पार्टीमा रोजेको बताए ।

    "देश विकासका लागी प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने महसुस भएर नेपाली प्रवेश गरेका छौँ ," नेकपा एमाले परित्याग गरि कांग्रेसको सदस्यता लिने एक युवाले भने ।

    249859633_942308076675906_2236221323205130750_n.jpg

    पछिल्लो तीन महिनामा सुनवलमा विभिन्न ठाउँमा एक हजारभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेसको दाबी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।