Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधी

टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु

टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु

images
  • टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु
    images
    images

    काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ । यसमा ग्राहकहरूलाई एक पटकको शुल्क ४.२० डलर लगाइने छ । यसलाई टेस्लालाई स्वचालित ड्राइभिङ प्रविधिको दौडमा अग्रणी बनाउने प्रयास मानिएको छ । यो विकल्पलाई विद्युतीय कार कम्पनीको भविष्यको रूपमा पनि हेरिएको छ ।

    images
    images
    images

    मस्कले टेस्लाको रोबोट्याक्सी सेवालाई उनको विद्युतीय कार कम्पनीको भविष्यको रूपमा हेरिएको बताएका छन् । अस्टिनमा मानव सुरक्षा चालकसहित केवल १० वटा कारहरू मात्र सुरु गरिएको छ । आइतवार बिहान अस्टिनको साउथ कांग्रेस क्षेत्रमा धेरै चालकविहीन टेस्ला सवारी साधनहरू देखिए । तिनीहरूमा चालकको सिट खाली थियो, तर यात्रु सिटमा एक व्यक्ति उपस्थित थिए ।

    images
    images
    images

    टेस्लाले अगाडिको सिटमा सुरक्षा मनिटरहरू राख्ने योजना बनाएको छ । यद्यपि, सवारी साधनहरूमा उनीहरूको कति नियन्त्रण हुनेछ भन्ने कुरा स्पष्ट छैन। चालकविहीन टेस्लाका भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

    images
    images
    images

    टेक्सास राज्य सरकारको अनुमति आवश्यक पर्ने कानून सेप्टेम्बरमा लागू हुने बताइएको बेला टेस्लाले यो सेवा शुरु गरेपछि विवाद पनि भएको छ ।

    डेमोक्र्याटहरूले रोबोट्याक्सी परीक्षण रोक्न आग्रह गर्दै शुक्रबार, गभर्नर ग्रेग एबोटले स्वायत्त सवारी साधन सञ्चालनको लागि राज्य अनुमति अनिवार्य गर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यो कानून सेप्टेम्बर १ देखि लागू हुनेछ । डेमोक्र्याटिक सांसदहरूले यस कानूनका कारण टेस्लालाई रोबोट्याक्सी परीक्षण रोक्न आग्रह गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।