भैरहवा । राष्ट्रपति बिद्यादेबी भण्डारीले भैरहवाको गौतम बुद्द अन्तराष्टिय बिमान स्थलमा राखिएको ह्वाइट धातु जेड्सबाट बनेको बुद्धमुर्ति अनावरण गरेकी छन् । राष्ट्रपति भण्डारीले बिश्व शान्तिका अग्रदुत बुद्धको बहुमुल्य धातुबाट बनेको बुद्धमुर्ति प्रदान गर्ने लुम्बिनी गार्डेन फाउण्डेसन र सहयोगीहरुलाई धन्यवाद दिईन् ।
महाकरुणा बुद्द मुर्ति अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले बिश्वशान्ति, अहिंसा, करुणा र समानता फैलाउन समेत काम गरेको उल्लेख गर्दै बुद्दले अहिंसा, शान्ति र शिक्षाको संदेश दिएको उल्लेख गरिन् । बुद्द दर्शनले दैनिक जीवनमा दिगो शान्ति कायम हुन् सक्ने समेत बताउँदै उनले जननी जन्म भुमिस्य स्वर्गदपि गरियसीको सार्थकता हामीले पुष्टि गर्नुपर्ने बताइन् ।
गौतम बुद्द अन्तराष्टिय बिमान स्थलले बिदेशी बौदमार्गी र गौतम बुद्द लुम्बिनी घुम्न आउने पर्यटक को लागि महत्वपुर्ण भूमिका खल्ने उनको भनाइ छ ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृण्ण खाणले गौतम बुद्द नेपालमा जन्मेको भनेर संसार लाई नै थाहा भएको र नेपाल धार्मिक, सांस्कृतिक, भाषिक सहित बिश्व शान्तिको रुपमा नेपाल स्थापित रहेको बताए ।
कार्यक्रममा राष्टिय सभाका सभामुख गणेश प्रसाद तिमल्सिना, सांस्कृतिक तथा पर्यटक मंत्री प्रेम आले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी स्पेनिस देशका सभामुख मधुरा बालका मेटून गाड्न, लुम्बिनी विकास कोषका उपाधक्ष्य मैतय भन्ते लगायतका अतिथिहरुको कार्यक्रममा सहभागी रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology