सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान बर्दघाट नगरपालिका वडा न. ११ लण्डनब्रिज स्थितमा पैदल हिडिरहेकी एक महिलाको घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको भन्ने सुचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ समेतबाट प्रहरी टोली खटिई चेकजाँच बढाई निजहरुको खोजी तथा पहिचान गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न. ५ बुद्धचोक स्थितमा लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका सुनवल नगरपालिका वडा न. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा न. १३ बस्ने अजय केवट समेतलाई पक्राउ गरी निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ ।
बरामद भएको सिक्री मध्ये एक थान १३ गते बर्दघाट नगरपालिका वडा न. ११ लण्डनब्रिज स्थिबाट र अर्को एक थान ९ गते बर्दघाट नगरपालिका वडा न.१३ धनेवा स्थितबाट चोरी गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसंधान भईरहेकोजिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology