Logo

२०८३, कार्तिक ३०गते


images
images

माधव नेपालको बयान सकियो, पक्षमा बहस गर्न वकिलहरुबीच हानथाप

माधव नेपालको बयान सकियो, पक्षमा बहस गर्न वकिलहरुबीच हानथाप

images
  • माधव नेपालको बयान सकियो, पक्षमा बहस गर्न वकिलहरुबीच हानथाप
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार विशेष अदालतमा उपस्थित भएका छन्।  पतञ्जली जग्गा घोटाला प्रकरणमा बयान दिन अध्यक्ष नेपाल अदालतमा उपस्थित भएका हुन् ।  

    images
    images
    images

    विशेष अदालत स्रोतका अनुसार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान सकिएको छ । 

    images
    images
    images

    बयान सकिएपछि अख्तियारको तर्फ र नेपालका तर्फबाट वकिलहरूले बहस गर्ने छन् । नेपालको पक्षबाट बहस गर्न डेढसयभन्दा वकिलले आफ्नो नाम टिपाएको विशेष अदालत स्रोतले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएको छ । नेपालको पक्षमा बहसगर्ने वकिलमा वरिष्ठ अधिवक्ताहरु  शम्भु थापा, गोपाकृष्ण घिमिरे, डा. चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी, खम्मबहादुर खाती, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, हरिहर दाहाल, विश्वकान्त मैनाली लगायत रहेका छन् ।

    images
    images

    विशेष अदालत परिसरमा नेपालको पक्षबाट बहस गर्न वकिलहरुबीच हानथाप देखिएको छ । करिब डेढ सयले बहसनामा भरेपनि कति जनाले बहस गर्न पाउछन् भन्ने स्पष्ट भएको छैन ।   

    त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गर्ने बताइएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।