Logo

२०८३, कार्तिक ३०गते


images
images

बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ- मन्त्री पाण्डे

बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ- मन्त्री पाण्डे

images
  • बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ- मन्त्री पाण्डे
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले कैलाली जिल्लाको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिए । उनका अनुसार वि.सं. १९८४ मा सह–समशेर जङ्गबहादुर राणाद्वारा निर्मित उक्त दरबार १० रोपनी क्षेत्रफलमा फैलिएको, तीन तल्ला, ८३ वटा झ्याल र ५३ वटा ढोकायुक्त ऐतिहासिक भवन हो, जुन राणाकालीन शासन व्यवस्थाको जीवन्त स्मृति हो।

    images
    images
    images

    मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको जानकारी दिए । त्यसपछि विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र चालू आर्थिक वर्ष २०८२/८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि रु ४ लाख रकम प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ।

    images
    images

    यसैबीच, राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने- 'नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ ।'

    जनगणना २०७८ का आधारमा हालसम्म १२४ वटा भाषा पहिचान भइसकेका छन्, जसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन्। ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवर्द्धनमा सरकार निरन्तर लागि परेको पनि मन्त्री पाण्डेले उल्लेख गरे ।

    मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट गर्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।