Logo

२०८३, कार्तिक ३०गते


images
images

मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

images
  • मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवार महत्त्वपूर्ण भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित वरिष्ठ अधिकृतको सम्मेलन २०८२ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए । 

    images
    images
    images

    हाइड्रोपावरका साथै विभिन्न उद्योगहरुमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धि उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए । नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोस बढिरहेको उनको भनाइ छ । 

    images
    images
    images

    सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने उनले बताए । 

    images
    images

    साथै सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन दिए । उनले भने- 'जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपदको जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला ।' 

    राजस्व चुहावटमा नियन्त्रण देखिने गरि काम गर्न गृहमन्त्री लेखकले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।