काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षिय मोहम्मद अक्टर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादव छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोको विशेष सूचना आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट ब्राउन सुगर जोख्न प्रयोग हुने एक थान तराजु, मोवाईल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२ हजार १ सय ७५ रुपैयाँ समेत बरामद गरिएको छ ।
उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको बताईएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology