Logo

२०८३, श्रावण ३०गते


images
images

अक्सिजन प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्रीको निर्देशन - निर्माणमा ढिलाइ गर्नेलाई कारवाही गर्नु

अक्सिजन प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्रीको निर्देशन - निर्माणमा ढिलाइ गर्नेलाई कारवाही गर्नु

images
  • अक्सिजन प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्रीको निर्देशन - निर्माणमा ढिलाइ गर्नेलाई कारवाही गर्नु
    images
    images

    रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा पहिलो पटक अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

    उद्घाटनमा बोल्दै रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन प्लान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा मुख्यमन्त्री केसीले बताए । अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न अक्सिजन प्लान्टले सहयोग गर्ने केसीको भनाइ छ ।

    उनले रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना गर्नका लागि प्रदेश सरकारले व्यवस्था गरेको बताए ।


    त्यसैगरी मुख्यमन्त्री केसीले रोल्पा अस्पतालको भवनको निर्माणमा भएको ढिलाई बारेमा छलफल गरि निर्माण व्यवसायीलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।  उहाँले भने –“रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनु । राज्यकोषले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नुपर्दछ” ।


    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगर, रोल्पा नगरपालिकाका नगर प्रमुख लगायतको उपस्थिति थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।