Logo

२०८३, कार्तिक ३०गते


images
images

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको आज संसदीय समितिमा सुनुवाई हुदै

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको आज संसदीय समितिमा सुनुवाई हुदै

images
  • सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको आज संसदीय समितिमा सुनुवाई हुदै
    images

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाई गर्ने भएको छ । 

    images
    images
    images

    बिहान ८ बजे बस्ने समितिको बैठकमा आज सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापा तथा न्यायपरिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता महेश नेपालको सुनुवाई गर्ने कार्यसूची रहेको छ ।
    यस अघि समितिको शनिबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।  

    images
    images
    images

    न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

    images
    images

    समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।