Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

images
  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित
    images

    काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको संघीय निजामती सेवा विधेयक बहुमतले पारित भएको हो ।

    images
    images
    images

    आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने भिजिट भिसा प्रकरणमा आफ्नो विरोध कायम राख्दै बैठक बहिष्कार गरेका थिए । 

    images
    images
    images

    यस विधेयकमा निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राखिएको छ ।

    images
    images

    त्यस्तै यस विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद बढाइएको छ। अहिलेसम्म कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएकोमा विधेयकले ६० वर्षमा अवकाश दिने गरी व्यवस्था गरेको छ ।

    त्यस्तै, सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ । अधिकृत तहको पदमा २१ वर्ष पूरा भएको तर ३२ बर्ष पूरा नभएको पुरुष र ३७ वर्ष पूरा नभएको महिला सेवा प्रवेशका लागि योग्य हुनेछन् । अहिलेको कानुन अनुसार पुरुषहरूले ३५ वर्षसम्म र महिलाहरूले ४० वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाउँछन् ।

    प्रतिनिधि सभाबाट पारित भएसँगै यो विधेयक अब विधेयक राष्ट्रिय सभामा पेश हुने छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।