देवदह । देवदह नगरपालिकाले द्धन्द्ध प्रभावित परिवारलाई साइकल वितरण गरेको छ । नगरपालिकामा एक कार्यक्रम आयोजना गरी द्धन्द्ध प्राभावित परिवारलाई साईकल वितरण गरिएको हो । देवदह क्षेत्रमा रहेका ११ द्धन्द्ध प्रभावित परिवारलाई साईकल वितरण गरेको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिइन् ।
देवदह-४, का दुर्गा खरेल, देवदह-५ का कुलकुमारी चापागाई, देवदह-४ का का नन्दिकली भण्डारी, देवदह-२ का जमुना काप्mले, देवदह-३ का रामकुमारी मल्ल, देवदह-२ का लक्ष्मी चापागाई, देवदह-५, का बेलबहादुर गुरुङ्ग, देवदह-५ का धनलाल भूषाल, देवदह-९ का ललिता तिवारी, देवदह-४ का लेखिका मल्ल, देवदह-४ का तिलकुमारी कुमालको परिवारलाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले द्धन्द्धका कारण देशका धेरै नागरिक प्रभावित भएको भन्दै प्रभावित परिवारको अभिभावक नगरपालिका भएको बताए । आगामी दिनमा पनि नगरले द्धन्द्ध प्रभावितलाई सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै खरेलले द्धन्द्ध प्रभावित परिवारका वालवालिकाको शिक्षाका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै यसबर्ष साईकल प्रदान गरिएको बताए । नगर प्रमुख खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, देवदह-१ का वडाअध्यक्ष दीपक नेपाल लगायतको सहभागिता थियो । कार्यक्रम सुरज पोखरेलीको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology