Logo

२०८३, कार्तिक ३०गते


images
images

डा. मुकुल ढकालको रिट 'हेर्न नभ्याइने' मा

डा. मुकुल ढकालको रिट 'हेर्न नभ्याइने' मा

images
  • डा. मुकुल ढकालको रिट 'हेर्न नभ्याइने' मा
    images

    काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटको अन्तरिम आदेश सम्बन्धि सुनुवाई 'हेर्न नभ्याइने' मा परेको छ । 

    images
    images
    images

    यो रिट आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको थियो ।

    images
    images
    images

    यस अघि असार १२ गते यो रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिदै आजका पेसी तोकिदिएको थियो । 

    images
    images

    डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।