Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

images
  • प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता
    images

    सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् ।

    images
    images
    images

    नेपाल हाल अल्पविकसित मुलुकहरुको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले यस बैठकको अध्यक्षता गरेका हुन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले गएराती विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले आज स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानी विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    त्यस्तै आज नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तालिका रहेका छन् ।

    त्यस्तै आज प्रधानमन्त्री ओलीले नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्ट तथा आजै थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    त्यस्तै आज प्रधानमन्त्री ओलीको स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्री भोजमा सहभागि हुने कार्यक्रम रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।