Logo

२०८३, कार्तिक ३०गते


images
images

अपराध

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

images
  • मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ
    images

    काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    बागमती प्रदेश ०२-०५५ प ४० ६८ नम्बरको मोटरसाइकल सहित धादिङको गजुरी गाउँपालिका ७ घर भई हाल काठमाडौंको पशुपति बस्ने २२ वर्षीय सन्तोष कोईराला र सोही ठाउँ बस्ने २७ वर्षीय सजिर श्रेष्‍ठलाई काठमाडौंको पशुपति मन्दिर नजिकैबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भनि गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।  

    images
    images

    नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

    त्यस्तै, काठमाडौंकै गोकर्णेश्‍वर नगरपालिका ६ बेशीगाउँबाट पनि हिजो बागमती प्रदेश ०२-०२२ प ३४ ४८ नम्बरको मोटरसाइकल सहित काभ्रेपलाञ्चोक घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ३७ वर्षीय देवराज योञ्जनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल भने काठमाडौंको बुढानिलकण्ठबाट हराएको भनि सोलुखुम्बु घर भई हाल काठमाडौंको चाबहिल बस्ने काजी शेर्पाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।  

    नियन्त्रणमा आएका योञ्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता गिरीले बताए ।

    आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् ।

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।